आइतबारदेखि कारोबारमा आउने सिटिजन लाइफ इन्स्याेरेन्सको ओपनिङ रेञ्ज कति ?

आइतबारदेखि कारोबारमा आउने सिटिजन लाइफ इन्स्याेरेन्सको ओपनिङ रेञ्ज कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्याेरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआर्ई (CLI) सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । आज कम्पनी र नेप्सेबीच शेयर सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो । कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।