मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट



काठमाडौँ । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ६२ हजार ११५ जनाले १० कित्ता र सोही आवेदकहरुमध्ये २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । 

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलकाे अनुसार, यो आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य भएको थियाे ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मीड सोलु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।