काठमाडौं । आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । शुक्रबार दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।
बैठकमा मन्त्तालयको तर्फबाट शिक्षामन्त्री, शिक्षाराज्यमन्त्री, सचिव तथा आन्दोलनरत शिक्षकका तर्फबाट पाँच घटकका प्रतिनिधि सहभागी थिए ।
सहमतिसँगै शिक्षकले विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि शिक्षकहरु ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।
प्रतिक्रिया