एक पुरुष जंगलमा मृत फेला

एक पुरुष जंगलमा मृत फेला



सुर्खेत । भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।

उनि सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलकाे भिरमा बाटाेदेखि करिव १५० मिटर तल मृत अबस्थामा भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । 

घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।