यतीमा उड्दा यात्रुलाई चाडपर्वको उपहार नै उपहार

यतीमा उड्दा यात्रुलाई चाडपर्वको उपहार नै उपहार



काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा यती एअरलाइन्सले आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ ।

यती एअरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एन.एस २०० सिसिको मोटरसाइकल दिने घोषणा गरेको हो ।

सोही योजनाअन्तर्गत दोस्रो विजेताले ‘थाई लायन’को तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो विजेताले एलजीको वासिङ्ग मेसिन र चौंथो विजेताले श्रीबालाजी डाइमण्ड (SBD) को तर्फबाट हिराको टप जित्नेछन् । साथै, यती मोबाइल एप वा वेबसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्धार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट Sure shot Prize को रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा In-Flight Entertainment Service प्रयोग गर्दैगर्दा Dashain Campaign Banner मा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई ‘विशेष क्रियसन’को तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने पनि एअरलाइन्सले जनाएको छ ।

यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाड्न र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर विजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।