शुक्रबारसम्म ६ लाखभन्दा बढिले छोडे उपत्यका, सुनसान बन्दै काठमाडौं

शुक्रबारसम्म ६ लाखभन्दा बढिले छोडे उपत्यका, सुनसान बन्दै काठमाडौं


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बडादशैंका अवसरमा काठमाडौं उपत्यका छोडेर घर जानेहरुको संख्या ६ लाख बढि पुगेको छ । शुक्रबारसम्म ६ लाख बढिले काठमाडौं उपत्यका छोडेको बताइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार शुक्रबार मात्रै एक लाखभन्दा बढि काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले शुक्रबारसम्म ६ लाखभन्दा धेरै बाहिरिएको बताए । दशैंमा काठमाडौं सुनसानप्राय हुने गरेको छ । यो वर्ष १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने प्रहरीको आकलन छ । प्रहरीले दशैंमा घर जाँदा आफ्नो कोठा र घरको उचित सुरक्षा प्रवन्ध मिलाएर जान अनुरोध गरेको छ ।