अमेरिका । राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्ग्देन अमेरिका भ्रमणमा आउने भएका छन्। पार्टी अध्यक्ष निर्वाचित भएपछि नेता लिङ्ग्देनको पहिलोपटक अमेरिका भ्रमण हुन लागेको हो । करीब दुई साता लामो अमेरिका भ्रमणका लागि नेता लिङ्ग्देन अक्टुबर २७ तारिख टेक्सास पुग्नेछन्।
अक्टुबर २८ मा स्थानीय मोमो फेस्टिभलमा सहभागी हुने र २९ तारिखका दिन राप्रपाको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। मूख्य रुपमा पानस अधिवेशन उद्घाटनकै लागि आफ्नो पार्टीका अध्यक्ष अमेरिका आउन लागेको र सोही क्रममा अन्य राज्यका नेपालीहरुसँग पनि भेटघाट र अन्तरक्रिया कार्यक्रम राखिएको राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं पानस अन्तर्राष्ट्रीय समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन्।
पानस अधिवेशन उद्घाटनपछि नेता लिङ्ग्देन केन्टकी, ओहायो, वासिंगटन डिसी, न्यूयोर्क र बाल्टिमोरमा हुने कार्यक्रममा सहभागी भएर नोभेम्वर ६ तारिख नेपाल फर्कने छन्।
प्रतिक्रिया