टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा



काठमाडौं । बडादसैंको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो ।

विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

टीका लगाइ दिनेले पूर्वमोहडा गर्ने र लगाउनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुने समितिको भनाइ छ । यसरी टीका लगाउँदा सुख शान्ति र समृद्धि हासिल हुने विश्वास गरिन्छ ।

उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका तथा प्रसाद थाप्नुपर्ने मान्यता छ । टीका देवीको प्रसादका रुपमा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने समितिले जनाएको छ ।