दसैँ मनाउन उपत्यका बाहिरिनेहरू कर्मथलो फर्कन थाले

दसैँ मनाउन उपत्यका बाहिरिनेहरू कर्मथलो फर्कन थाले


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका बाट बाहिरिनेहरू कर्मथलो फर्कन थालेका छन् । उनीहरू टीकाको भोलिपल्टदेखि उपत्यकामा फर्कन थालेका हुन्।

यस वर्ष दशैँको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए। यसरी फर्कने क्रम बढे पछि उपत्यका भित्रिने नाकामा भीड देखिन थालेको छ।

उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नागढुङ्गा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ।