काठमाडौँ । कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्वर्णकारको गोली हानि हत्या प्रकरणका कलैया उपमहानगरपालिका–१ बस्ने एक महिलालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन। सोमबार दिउँसो करिब १ बजेको समयमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरेका थिए।
दुईवटा मोटर साइकलमा आएका ४ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट घाइते भएका स्वर्णकारको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मृत्यु भएको छ।


प्रतिक्रिया