काठमाडौं । योगराज ढकाल रिगल पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेकाे बाँकेका एसपी सुवास बोहोराले जानकारी दिए ।
सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।


प्रतिक्रिया