काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछापको मन्थली विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ ।
पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन गरेको जनाएको छ ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा मापदण्ड उल्लंघन गरेपछि श्रेष्ठ र शाहको लाइसेन्स निलम्बन गरिएको हो ।
थप अनुसन्धानपछि लाइसेन्स खारेज गर्ने अथवा अन्य कारबाही गर्ने भन्ने विषयमा निर्णय गरिने भुलले जानकारी दिए ।
त्यसैगरी, प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।


प्रतिक्रिया