रिगललाई जोगाउन भारतीलाई पैसाको अफर गरिएको खुलासा

रिगललाई जोगाउन भारतीलाई पैसाको अफर गरिएको खुलासा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपालगञ्जमा दिनदहाडै खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धर पत्नी भारती शेर्पाले रिगल भनिने योगराज ढकालको कैद मिनाहा बदर गरेर सर्वोच्च अदालतले आफूलाई थप साहस दिएको बताएकी छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफूलाई अदालतले न्याय दिएको बताइन् । उनले रिट फिर्ता दिन धेरै प्रकारका बाधा, डर त्रास, धम्की र पैसाको अफर आएको बताइन् । तर, पैसा र डरमा नलागी आफू अन्तिमसम्म अडिग रहेको उनको भनाइ थियो ।

‘धेरै बाधाहरु आए । धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए’, उनले भनिन् । आफू पछि हट्दा धेरै पीडित महिलाको पनि हार हुने ठानेर आफू अडिग रहेको उल्लेख गरिन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत ३ असोजमा संविधान दिवसका दिन बाँकी कैद मिनाहा गरिदिएका थिए । रिगलको कैद माफीविरुद्ध भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले बिहीबार रिगलको कैद मिनाहाको निर्णय बदर गर्दै पक्राउ गरी बाँकी कैद मिनाहाका लागि कारागार चलान गर्न आदेश दिएको थियो । बिहीबारै प्रहरीमा आत्मसमर्पण गरेका रिगललाई जिल्ला अदालत बाँकेले कारागार चलान गरेको छ ।