जाजरकोटमा भुकम्प, आठविसकोटमा मात्र २२ जनाको मृत्यु, १५० बढी घाइते, थप विवरण आउन बाँकी

जाजरकोटमा भुकम्प, आठविसकोटमा मात्र २२ जनाको मृत्यु, १५० बढी घाइते, थप विवरण आउन बाँकी


ग्लोब नेपाल
243
Shares

कर्णाली । शुक्रवार राती ११ बजेर ४८ मिनेट जाँदा गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा क्षतिपुगेको जनाइएकाे छ ।

शुक्रबार राती गएको ६.४ रेक्टरको भूकम्पमा परेर रुकुम पश्चिममा २२ जनाको मृत्यु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर आठबिसकोट नगरपालिकामा मात्रै २२ बढीको मृत्यु भएको हो । उता जाजरकोटमा भूकम्पमा परेर नलगाड नगरपालिका उपमेयरको मृत्यु भएको पनि खबर प्राप्त भएको छ ।

रुकुम पश्चिममा भएको क्षतिको पछिल्लो जानकारीमा आठबिसकोट नगरपालिका वडानम्बर ११ मा छ जना वडानम्बर १३ मा तीन जना वडानम्बर १४ मा नौ जना र वडानम्बर १२ मा चार जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

भूकम्पमा १ सय ५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार आठबिसकोट नगरपालिकाको -११, १२, १३, र १४ वडामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । त्यस्तै जिल्लाको अन्य पालिकामा पनि मानवीय क्षति भएको अनुमान गरिएको छ ।

रातको समय भएकाले भूकम्पले पुर्‍याएको क्षतिको यकिन विवरण आउन सकेको छैन । भुकम्पले अधिकांश घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको र ठाउँ-ठाउँमा पहिरो खसेको बताइएको छ ।