एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने, प्रतिपक्षी बेञ्चमा बस्ने

एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने, प्रतिपक्षी बेञ्चमा बस्ने



विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ ।

एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन फिर्ता लिएपनि विश्वासको मत कायमै रहेकाे बताए ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।

सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।

यस्तै एमालेले कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयाेग गर्ने, दूधकाे बजार व्यवस्थापन गर्न माग गर्नेलगायतकाे निर्णय गरेकाे भण्डारीले बताए ।