भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा



काठमाडौं । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षकाे यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेकाे छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गाेवर्द्धन पूजा/म्हः पूजा, २९ गते भाइटीका परेकाे छ ।