राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सार्वजनिक

राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सार्वजनिक



काठमाडौँ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘प्रदुषणरहित सुन्दर सहर’ भन्ने नाराको साथ ‘ई–ड्राइभ नेपाल’ मोबाइल एप सार्वजनिक भएको छ ।

नेपाली सफ्टवेयर इन्जिनियरहरुको समूहले पहिलोपटक निर्माण गरेको ‘ई–ड्राइभ नेपाल’ विद्युतीय सवारी मोबाइल एप सार्वजनिक भएको हो।

काठमाडौं उपत्यकाभित्र आफ्नै भाडाका विद्युतीय ट्याक्सीलाई व्यवस्थापन गरि सफ्टवेयरमार्फत ग्राहकलाई सहज सेवा दिन शुरु गरिएको ई–ड्राइभ नेपालका प्रमुख कार्यकारी अधिकृत सविन भट्टराईले बताए।

उनले आफ्नै विद्युतीय सवारी साधन सञ्चालनको लागि सितापाइलामा र एकान्तकुनामा चार्जिङ स्टेशन समेत स्थापना गरिएको पनि बताए। उनले राइड सेयरिङको नयाँ फिचर सहितको अनलाइन ई–ड्राइभमार्फत विद्युतीय ट्याक्सीहरुको सेवा लिन सकिने बताए।

प्रदुषणरहित सफा सहरमा यात्रा गराउने र देशमै रोजगारी सिर्जना गर्ने उदेश्यले ई–ड्राइभ नेपाल स्थापना गरेको कम्पनीका अध्यक्ष राजेश मास्केले बताए । कम्पनीले आफ्नै इभि गाडिमार्फत बिहिबारबाट विधिवत रुपमा सेवा सुचारु गरेको छ ।