काठमाडौं । उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । नेपाली सेनाको जङ्गी अड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि बढाउदै रथीमा बढुवा सिफारिस भएका पाण्डेको उमेरबारे विवाद आएको थियो ।
विवादमा तानिएपछि पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष बुझाएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । यसअघि पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।
पाण्डेका दुईवटा अलग अलग नम्बरका नागरिकता समेत रहेको बताइएको छ । साथै एसएलसीको प्रमाणपत्रमा केरमेट गरेको पाइएको छ ।


प्रतिक्रिया