विराटनगर । मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । जलेर गम्भीर घाइते भएका उनीहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं लैजान पर्ने घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लक्ष्मीपूजाको दिन (आइतबार) राति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो ।
आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र थप २४ स्थानीय जलेर घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख देबेन्द्र दासले जानकारी दिए ।
घाइतेमध्ये १२ जना बीएन्डसी अस्पताल बिर्तामोड,पाँच जना न्युरो आर्या विराटनगर, सातजना विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुईजना, लाइफलाइन अस्पताल दमकमा एकजना र गोदावरी अस्पताल उर्लाबारीमा एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया