११ गोल्ड र ५ सिल्भर मेडलसहित द वल्ड स्कोलार्स कपमा त्रियोगको उत्कृष्ट प्रदर्शन

११ गोल्ड र ५ सिल्भर मेडलसहित द वल्ड स्कोलार्स कपमा त्रियोगको उत्कृष्ट प्रदर्शन


ग्लोब नेपाल
5.3k
Shares

काठमाडौं । त्रियोग हाइस्कुलका तीन विद्यार्थीको समूहले संयुक्त राज्य अमेरिकामा आयोजित द वल्ड स्कोलार्स कप टुर्नामेन्टस अफ च्याम्पियन्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेको छ । प्रतियोगितामा विद्यालयबाट विद्यार्थीहरु अदिक्ष सिलवाल, इप्सिता राना, कार्सन काफ्ले र शिक्षक कमल श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतियोगिता संयुक्त राज्य अमेरिकाको कनेक्टिकेट प्रान्तको यल युनिभर्सिटीमा नोभेम्बर २ देखि नोभेम्बर ८ सम्म आयोजना भएको थियो । उक्त कार्यक्रममा ६० भन्दा बढी देशका १० हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस प्रतियोगितामा विद्यार्थीहरुले टिम डिवेट, कोलाबोरेटिभ राइटिङ, स्कोलार्स च्यालेन्ज र स्कोलार्स बउलजस्ता विधाहरुमा प्रतिस्पर्धा गरेका थिए साथै सांस्कृतिक मेलामा नेपालको संस्कृति पनि प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको अन्तिम दिनमा आयोजना भएको अवार्ड समारोहमा त्रियोग हाई स्कुलको उक्त समूहले माथि उल्लेखित विधाहरुमा १ वटा ट्रफी, ११ वटा गोल्ड मेडल र ५ वटा सिल्भर मेडल जितेका थिए ।

यसभन्दा अगाडी उक्त टोलीले काठमाडौँमा आयोजित क्षेत्रीय राउन्ड र थाइल्यान्डमा आयोजित ग्लोबल राउन्डमा समेत उत्कृष्ट प्रदर्शन गर्दै फाइनल अर्थात टुर्नामेन्टस अफ च्याम्पियन्समा स्थान बनाएको थियो ।