इलाममा बस दुर्घटना हुँदा ३७ जना घाइते

इलाममा बस दुर्घटना हुँदा ३७ जना घाइते



काठमाडौं । इलामकाे रोङ गाउँपालिका ३ कोल्बुङमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको छ ।

भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थीसहितको टोली बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएकाे छ ।

बसमा सवार ३७ जनामा सबै घाइते भएका छन् । बस सडकबाट करिब ३०० मिटर तल खसेको बताइएकाे छ ।

घाइतेमध्ये २६ जनाको झापास्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।