बलिउड अभिनेत्रि रश्मिका बिजयसँग ‘डेट’मा, रणवीर कपुरले गरिदिए पुष्टी

बलिउड अभिनेत्रि रश्मिका बिजयसँग ‘डेट’मा, रणवीर कपुरले गरिदिए पुष्टी



मुम्बइ । रश्मिका मन्डन्ना र रणबीर कपूर आफ्नो आगामी फिल्म एनिमललाई लिएर यतिबेला चर्चामा छन्, दुवै स्टारले पनि फिल्मको प्रचारप्रसार गरिरहेका छन् । 

एक प्रमोशनल कार्यक्रममा रणवीर कपुरले सह अभिनेत्री रश्मिका र विजय देवरकोंडाबीचको प्रेम सम्बन्धको पुष्टि गरेका छन् ।

वास्तवमा, एनिमलको प्रचार गर्न, रणवीर कपूर, रश्मिका र फिल्मका निर्देशक सन्दीप रेड्डी वांगासँग एनबीकेसँग अनस्टपबल पुगेका थिए । यस क्रममा रणवीर कपूरले अर्जुन रेड्डी रिलिज भएपछि विजय देवरकोंडाले पार्टीमा सन्दीपसँग उनको परिचय गराएको खुलासा गरेका थिए । 

यससँगै रणवीरले रश्मिकाको विजयको लागि विशेष उपनाम रहेको पनि संकेत गरे ।

विजयको बारेमा कुराकानी तब भएको थियो, जब तेलुगु सुपरस्टार नन्दमुरी बालकृष्णले सन्दीप र रश्मिकालाई अर्जुन रेड्डी र एनिमल बीचको फिल्म छान्न भनेका थिए । रणबीरले रश्मिकालाई आफूले राम्रो अभिनेता मान्नुभएको छनोट गर्न आग्रह गरे– उसको ‘रील हिरो (आफैलाई औंल्याउदै) वा उसको ‘रियल हिरो’ (विजयतर्फ औंल्याउँदै)।

जब रश्मिकाले जवाफ दिन मानिनन् । त्यसमा नन्दमुरीले सन्दीपलाई विजयको नम्बर डायल गर्न भने । यसमा रणवीरले भने, ‘सर, रश्मिकालाई फोन गर्न दिनुहोस्, विजय फोन उठाउँदैनन् ।’

त्यसपछि रश्मिका विजयसँग फोनमा कुरा गर्छिन् । विजयले सोध्यो ‘के हुँदैछ रे ?’ यसपछि रश्मिकाले विजयलाई आफू स्पिकरमा रहेको चेतावनी दिइन् ।

बालकृष्ण र रणवीरले विजयलाई आफू कसलाई माया गर्नुहुन्छ भनेर सोधे र तेलुगु अभिनेताले मुस्कुराउँदै सन्दीप रेड्डी वांगाको नाम लिए, जसले सबैलाई हँसायो । 

यसपछि टोलीले रश्मिकालाई रणवीरको एनिमल पोस्टर र विजयको अर्जुन रेड्डी पोस्टरमध्ये एक रोज्न भन्यो ।

रश्मिकाले कूटनीतिक बन्ने प्रयास गर्दै भनिन्, ‘यसको रिलिजको लागि मेरो अर्जुन रेड्डीसँग सम्बन्ध छ, त्यसैले मेरो अर्जुन रेड्डीसँग सम्बन्ध छ र एनिमल मेरो फिल्म हो, मलाई ती दुबै मन पर्छ ।’ जब रणवीर र बालकृष्णले उनलाई के कनेक्सन हो भनेर सोधे, रश्मिका लाजले भुतुक्कै भइन ।

रश्मिका र विजय लामो समयदेखि डेट गरिरहेका छन् । यद्यपि दुवैले आफ्नो सम्बन्धको पुष्टि भने गरेका छैनन् । दुबैले आफुहरु साथी मात्र भएको बताउँछन् तर उनीहरुको तस्विर हेरेर फ्यानहरुले उनीहरु डेट गरिरहेको बताउँछन् ।