मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्राध्यापकहरूबीच सहमति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्राध्यापकहरूबीच सहमति


ग्लोब नेपाल
54
Shares

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ । सहमती भएसँगै प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

प्राध्यापकहरूका रोकिएको तलब भत्ता बापतको रकम एक महिनाभित्र प्रतिष्ठानले उपलब्ध गराउने सहमती भएको प्राध्यापक कल्याण्कारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताए ।

प्रतिष्ठानको प्रतिविद्धता पछि आन्दोलनरत प्राध्यापकहरू शिक्षण कार्यमा फर्किएका छन् । कार्तिक २२ गतेदेखि प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकहरूले ३ महिनादेखिको तलब, भत्ता बापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएका थिए ।