सेयर बजार २.१७ अंकले घट्यो

सेयर बजार २.१७ अंकले घट्यो



काठमाडौं । सेयर बजार एकल अंकले ओरालो लागेको छ । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

आज २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । 

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै नारायणी विकास बैंकको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मेन्छियाम जलविद्युतको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

आज १०२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १२७ कम्पनीको ओरालो लागेको छ भने ११ वटाको स्थिर रह्यो ।