तोलामै १६ सय बढ्यो सुनको मूल्य, आज पनि रेकर्ड ब्रेक

तोलामै १६ सय बढ्यो सुनको मूल्य, आज पनि रेकर्ड ब्रेक



काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन हिजो (मंगलबार) प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज एकैपटक एक हजार ६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक लाख १८ हजार ७५० पुगेको रुपैयाँ पुगेको छ । मंगलबार एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर हालसम्मकै उच्च एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो प्रतितोला एक हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔन्स दुई हजार ४३ दशमलव ७० डलर रहेको छ ।