रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा जिते अवार्ड

रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा जिते अवार्ड



काठमाडौं । शनिबार सम्पन्न हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा रंगकर्मी विमल सुवेदीले सिर्जनशिल निर्देशक अवार्ड जितेका हुन्। इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाइल्याण्डको संस्थाले आयोजना गरेको अवार्डका लागि संसारभरका ३० देशबाट ८९७० दाबेदार थिए। यी सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन्।

सुवेदीलाई केन्याका राजदूत लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रूपमा अवार्ड हस्तान्तरण गरेका थिए। सुवेदीले यसघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरिसकेका छन्।

अभिनयबाट आफ्नो यात्रा सुरू गरेका सुवेदी नाट्य निर्देशनमा सफल निर्देशक मानिन्छन्। उनको लेखन तथा निर्देशन रहेका नाटक २५ बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन्। सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन्।