सेयर बजार १७.९३ अंकले घट्यो

सेयर बजार १७.९३ अंकले घट्यो



काठमाडौं । सेयर बजार १७.९३ अंकले घटेको छ । बुधबार साविक समयभन्दा २४ मिनेट ढिलो गरी खुलेको सेयर बजार १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएर बन्द भएको छ । 

यसदिन २८५ कम्पनीको २९ हजार ८८३ पटक भएको कारोबारमा ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको ओरालो लागेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यस दिन विजय लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.८ प्रतिशत बढ्यो । अपरहेवाखोलाको ३.१ तथा समाज लघुवित्तको मूल्य १.९ प्रतिशत बढ्यो । त्यस्तै बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । अभियान लघुवित्तको ७, माहुली लघुवित्तको ५.३, स्वेतगंगा हाइड्रोपावरको ५.२ तथा युनिलिभर नेपालको ५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक संस्थापक, सोल्टी होटल क्रमशः अगाडि रहे ।

बुधबार प्राविधिक कारणले सेयर बजार बिहान ११ बजेर २४ मिनेटमा मात्रै खुलेको थियो । जसले गर्दा नेप्सेले कारोबार अवधि ३ बजेर २४ मिनेटसम्म कायम गरेको थियो ।