नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द

नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द



काठमाडौं । नेप्से सूचक एकैदिन ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुले देखिनै शेयर बजार लगातार बढ्न थालेको थियो भने डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।

आइतबार कुल १० मिनेट मात्रै शेयर कारोबार भएको छ।