लुक्ला उडेको तारा एयरको आपत्तकालिन झ्यालको सिसा खसेपछि‍…

लुक्ला उडेको तारा एयरको आपत्तकालिन झ्यालको सिसा खसेपछि‍…



काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौंबाठ ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए ।

विमान सहज तरिकाले ल्याण्ड भएको बताइएकाे छ । कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।