बाराको सिम्रौनगढमा गोली चल्याे, एक जना घाइते

बाराको सिम्रौनगढमा गोली चल्याे, एक जना घाइते



बारा । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको छ । नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै दुई महिनायता आन्दोलन गर्दै आएका छन् ।

नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो । झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधि बीचको विवादले कर्मचारीहरूले तलबभत्ता समेत पाउन सकेका छैनन् ।