बारामा प्रहरीको गोली लागेर एक पुरुषको मृत्यु

बारामा प्रहरीको गोली लागेर एक पुरुषको मृत्यु



बारा । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन हरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका वडा नम्बर १ ननसगरा घाटका अन्दजी २३ वर्षीय लक्ष्मी मुखिया बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो । गोली लागेर घाइते अवस्थामा अस्पताल पुर्‍याइएका ती बिनको मृत्यु भएको नारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्तरन्जन साहले जानकारी दिए ।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए । उनीहरूले मेयरको गाडीमा तोडफोड गरे । त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच झडप प्रहरीले हवाई फायर गर्दा एक जना गम्भीर घाइते भएका थिए ।

आन्दोलनकारीको आक्रमणबाट प्रहरीका समेत १० जना घाइते भएका छन् ।

नगरपालिकामा विगत ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।