तरुण दलले आफ्नै खर्चमा भूकम्प पीडितको आवास बनाउने

तरुण दलले आफ्नै खर्चमा भूकम्प पीडितको आवास बनाउने


ग्लोब नेपाल
594
Shares

काठमाडौं । नेपाल तरुण दलले आफ्नै खर्चमा करिब सयवटा जाजरकोट भूकम्प पीडितको अस्थायी आवास निर्माण गर्ने भएको छ । बुधबार भक्तपुरमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

तरुण दल राजनीतिमा मात्र सीमित नरहेर विपद्मा मानव सेवाका लागि पनि अग्रसर हुन्छ, अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा स्वयम्सेवकै टिमसहित कार्यस्थल प्रवेश गर्दैछ । नेपाली कांग्रेसको आह्वानलाई समेत ध्यानमा अस्थायी आवास निर्माण सम्पन्न गरेर पार्टीले सुम्पेको अभिारा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

बुधबारको बैठकमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलाई आमन्त्रण गरिएको थियो । पार्टीले आह्वान ग¥यो भने साधन र श्रोत उपलब्ध गराए जनशक्ति तरुण दलले उपलब्ध गराउने निष्कर्ष निकालिएको थियो ।