सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न आजबाट ५० नगर प्रहरी अनुगमनमा

सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न आजबाट ५० नगर प्रहरी अनुगमनमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी अनुगमनमा परिचालन गर्ने भएको छ । काठमाडौं महानगरले सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रणको काम सुरु गरिएको दाबी महानगरको छ ।

महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । महानगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए १ सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । पसलहरूमा चुरोट पनि खुद्रा रूपमा बिक्री पर्न पाइने छैन ।

आगामी शुक्रबार काठमाडौं महानगरपालिकाले २९ औँ महानगर दिवस मनाउनेसमेत तयारी गरेको छ ।