मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन छ : महासचिव पोखरेल

मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन छ : महासचिव पोखरेल


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको दाबी गरेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए ।

बिहीबार बिहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताए ।

एमालेको सङ्कल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पु-याएको दाबी गरे ।

उनले मध्यपहाडमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना कायम रहेको बताए ।