काठमाडौं । जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएर रिहाई हुनुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।
जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएसँगै खाँणलाई सम्पत्ति शुद्धिकरण विभागमा लगिएको थियो । खाँणले सम्पत्ति सुद्धिकरणमा पनि १५ लाख धरौटी बुझाएका थिए । तर फेरि उनीविरुद्ध अख्तियारमा पनि मुद्दा रहेकोले अहिले अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ ।
यी निकायले खाँडको सम्पत्ति छानबिन गरिरहेकाले आवश्यक ठानेमा धरौटीमा र आफ्नो हिरासतमा राख्न सक्ने छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको काठमाडौंको आदेश अनुसार पुर्पक्षका लागि थुनामा रहेका खाँडलाई उच्च अदालत पाटनले विहीबार ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
खाँणलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने विषयमा गत १५ पुसमा उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको राय बाझिएको थियो । पाण्डेले धरौटीमा छाड्न हुने र खरेलले छाड्न नसकिने राय दिएका थिए ।
त्यसपछि मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको तेश्रो एकल इजलासमा पुगेको हो । कोइरालाको इजलासले बिहीबार खाँणलाई धरौटीमा छाड्ने राय दिएसँग खाँणले आज जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएका थिए ।


प्रतिक्रिया