पूर्व गृहमन्त्री खाँण थुनामुक्त

पूर्व गृहमन्त्री खाँण थुनामुक्त


ग्लोब नेपाल
702
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । उच्च अदालत पाटनको आदेश अनुसार खाँणाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाएको थियो । त्यसपछि उनलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको थियो ।

सम्पत्ति शुद्धिकरण विभागमा पनि १५ लाख धरौटी बुझाएका खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै पूर्व गृहमन्त्री खाँण ७ महिना पछि थुनामुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रबार आदेश दिएको थियो । तर, प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग र आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन् ।