मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा आउन लागेका हुन् ।
प्रधानमन्त्रीको साथमा उप-प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतसमेत आउने मावन सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
विहान ८ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताए । करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल ‘मानवसेवा आश्रम’ मा हाल २ सय १५ जनाले आश्रय लिइरहेका छन् । देशभर मानव सेवा आश्रमका २४ वटा सेवा केन्द्र रहेका छन् ।


प्रतिक्रिया