काठमाडौं । यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला परेको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिएकाे र यसको अनुसन्धान भइरहेकाे बताए ।
नवजात शिशु फेला परेपछि सोधखोज गर्दा आमा अस्पतालमा रहेको जानकारी आएको विमानस्थल सुरक्षा स्रोतले बताएकाे छ ।


प्रतिक्रिया