काठमाडौ । सर्वोच्च अदालतमा आज बुधबार थप ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार उनीहरुलाई नियुक्त गरेका हुन् ।
नियुक्त हुनेहरुमा अब्दुल अजिज मुसलमान, सारंगा सुवेदी, सुनीलकुमार पोखरेल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल रहेका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी जनाएको छ ।
न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमा जारी गर्दै यस्तो बताएको हो ।


प्रतिक्रिया