शेयर बजार २१ अंकले घट्याे, ७ अर्ब ११ कराेडकाे काराेबार

शेयर बजार २१ अंकले घट्याे, ७ अर्ब ११ कराेडकाे काराेबार



काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज आइतवार दाेहाेराे अंकले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेकाे छ ।

आज हाइड्राेपावर, बीमा र अन्य बाहेक अरू समूहकाे शेयर घटेकाेमा उत्पादन तथा प्रशाेधन, व्यापार, हाेटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहकाे शेयर उच्च अंकले ओरालाे लागेकाे छ । आज ज्याेति विकास बैंक बाेन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन आज पाँच वटा कम्पनीकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ ।

आज एक कराेड ८५ लाख कित्ता शेयर सात अर्ब ११ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे ३० कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।