सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज नसकिएपछि हेर्दाहेर्दैमा राखेकाे छ । जाहेरीकर्ताको तर्फबाट चारजना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।

सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला पटक पटक पेशी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक पेसी सर्दै आएको छ । पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।

अब यसले निरन्तरता पाउने देखिएकाे छ । न्यायाधीस ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । भोलि र पर्सी सार्वजनिक विदा भएकाले अबको सुनवाइ बुधबार हुने छ ।