काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले १४ मंसिर देखि १ पुस सम्म मध्यपहाडमा गरेको संकल्प यात्राका क्रममा भएको अधिकांश खर्च स्थानीय तहबाटै भएको जानकारी दिएको छ ।
आज (आइतबार) संकल्पयात्राबारे एमाले मुख्यालय च्यासलमा संचारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष केपी शर्मा ओलीले यात्राका क्रममा भएको खर्च जिल्ला र प्रदेश तहबाटै भएकाले यति नै भयो भनेर हिसाब नराखेको जानकारी दिएका छन ।
उनले भने, ‘यदि हामीले यस्तो कार्यक्रम केन्द्रीय तहबाट गर्न खोज्छाँ भने वा सरकारी तवरबाट गर्न खोज्छाँ भने कति करोडको खर्च पुग्छ भनिसाध्य हुँदैन’, यो ५० औँ करोडभन्दा माथि जान सक्छ । तर हामी जम्माजम्मी जनता र कार्यकर्तामा भर पर्यौ । तलै भर पर्यौ ।
उहाँहरुले म्यानेज गर्नुभयो । त्यहाँका जिल्ला कमिटी, प्रदेश कमिटीले सपोर्ट गरे ।’उनले एउटा उदाहरण दिँदै भने, ‘धादिङको सल्यानटारमा खानामा भएको खर्च रु ३ लाख ९८ हजार ३३२ मध्ये रु १ लाख ८४ हजार ६७० बराबरको खाद्यान्न, तरकारी र फलफूल जनसहभगीताबाटै जुटाइएको थियो ।’
ओलीले चामल, तरकरीलगायत अधिकांश खाद्यान्न स्थानीय नै प्रयोग भएको बताए । ‘म दावाका साथ भन्छु एमालेबाहेक अरू कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।’


प्रतिक्रिया