डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा

डिफेन्डिङ च्याम्पियन काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा



काठमाडौं । डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको क्वालिफायरमा पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे ।

ललितपुरका इमाेह इजेकिलले खेलकाे ३६ औँ र ५२ औँ तथा पाबा केबेले ४४ औँ मिनेटमा गाेल गरेका थिए ।

याे जितसँगै ललितपुर दाेस्राे क्वालिफायरमा पुगेकाे हाे । अब ललितपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा पर्सि बिहीवार पाेखरा थन्डर्ससँग खेल्नेछ । हिजाे साेमवार भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई हराउँदै धनगढी सिटी एफसी फाइनलमा पुगेकाे थियाे । फाइनल खेल आउँदाे शनिबार हुनेछ ।