काठमाडौँ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपियाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि गत मङ्सिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपियाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया