प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे लगातार छैटाैँ जित

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे लगातार छैटाैँ जित



काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार छैटाैँ खेलमा विजयी भएकाे छ ।

आज बिहीवार भएकाे खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले हरायाे । एपीएफले दिएकाे १ सय २८ रनकाे लक्ष्य पछ्याएकाे गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्याे । गण्डकीका लागि सृष्टि जैसी र सुमन खतिवडाले समान १७ रन बनाए । बलिङतर्फ एपीएफकी नेरी थापाले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २७ रन बनायाे । एपीएफका लागि ममता चाैधरीले नट आउट ४० रन बनाइन् । बलिङतर्फ गण्डकीकी ज्याेत्स्निका मरासिनीले २ विकेट लिइन् ।

याे जितसँगै एपीएफ ६ खेलमा १२ अंकसहित तालिकाकाे शीर्ष स्थानमा छ । गण्डकी ६ खेलमा २ अंकसहित साताैँ स्थानमा छ ।