काठमाडौँ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको बालकुमारी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो । घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको प्रहरीले बताएकाे छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो ।


प्रतिक्रिया