संविधानसभा सदस्य सुनुवारको निधन

संविधानसभा सदस्य सुनुवारको निधन


ग्लोब नेपाल
270
Shares

रामेछाप । संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो । सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि थिइन् ।

लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु भएकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो ।

सुनुवारको पार्थिव शरीर आज बिहान १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाई क्षति पुगेको जनाएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।