बालकुमारी घटना: ८ बुँदे माग पूरा नगरेसम्म मृतकका शव नबुझ्ने आफन्तको घोषणा

बालकुमारी घटना: ८ बुँदे माग पूरा नगरेसम्म मृतकका शव नबुझ्ने आफन्तको घोषणा


ग्लोब नेपाल
26.3k
Shares

काठमाडौं । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव ८ बुँदे माग पूरा नगरेसम्म नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिएका छन ।

हिजो (शनिवार) साँझ प्रधानमन्त्रीको कार्यालयमा सरकारका तर्फका गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा राहत तथा क्षतिपूर्तिका विषयमा छलफल भएको थियो । सो छलफलमा पीडित परिवारले सरकारसमक्ष ८ बुँदे माग राखेका थिए ।

सरकारको तर्फबाट माग पूरा गर्ने भनेर मौखिक रूपमा आश्वासन दिइए पनि पीडित परिवारसँग सहमति नभएको बुढाले जानकारी दिएका छन । मृतकका परिवारले सरकारले गठन गरेको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । साथै मृतकका परिवारलाई क्षतिपूर्तिका साथै रोजगारीको ग्यारेन्टी गर्न माग गरेका छन् ।