रणवीरको एनिमल क्रेज : बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे

रणवीरको एनिमल क्रेज : बिहान ५ बजे देखी राती २ बजेसम्म शो चलाइयाे



मुम्बइ । रणवीर कपुरको फिल्म एनिमलले उनका फ्यानलाई सताइरहेको छ । सन्दीप रेड्डी वाङ्गाको यो हिंसात्मक फिल्मले दर्शकबाट अत्याधिक प्रतिक्रिया पाइरहेको छ । हलका सबै शो हाउसफुल भइरहेका छन् ।

यो फिल्मले बक्स अफिसमा यति राम्रो व्यापार गरिरहेको छ कि अहिले टिकटको अभाव हुन थालेको छ । मुम्बईमा एनिमलको अवस्था यस्तो छ कि थिएटरहरूमा चलचित्र टिकटको अभाव भएको छ । जसका कारण थिएटर मालिकहरूले अहिले मध्यरात र बिहानी शोका लागि बुकिङ खोलेका छन् ।

अब मुम्बईको थिएटरमा ‘एनिमल’ को शो बिहान १ बजे, २ बजेसम्म र त्यसपछि ५ः३० बजेदेखि सुरु हुनेछन् । यसको मतलब यो हो कि एनिमलका शो थिएटरहरूमा २४ घन्टा नै चलिरहेका छन् ।

फिल्मको कलेक्शनको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन विश्वभर १ सय १६ करोड कमाएर बक्स अफिसको सम्पूर्ण प्रणालीलाई हल्लाएको छ । 

घरेलु बक्स अफिसमा फिल्मले पहिलो दिन ६३.८ करोड र दोस्रो दिन ६६ करोड कमाएको थियो । यी दुई दिनमा एनिमलको कुल कलेक्सन १२९.८० करोड रुपैयाँ भएको छ ।