सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेर ३५४.४३ विन्दुमा अडिएको छ ।

२९३ स्क्रिप्टको ३४ लाख १९ हजार ७३ कित्ता सेयर ३६ हजार ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा खरिदबिक्री भए ।

सामान्य अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो ।

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले बढ्यो । साविको लघुवित्त वित्तीय संस्थाको ९.०४ प्रतिशत,इङवा हाइड्रोपावरको ८.६० प्रतिशत र माइ खोला हाइड्रोपावरको ६.२८ प्रतिशत र मोलुङ हाइड्रोपावरको ५.६९ प्रतिशतले सेयर मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड ९५ लाख २९ हजार २७० रुपैयाँको सेयर कारोबार भयो। सबै समूहको उपसूचकमा गिरावट आएको छ। माइक्रो फाइनान्स उपसमूह बाहेक अन्य सबै उपसमूहको परिसूचक घट्यो ।

९४ स्क्रिप्टको मूल्य बढ्दा १३६ को घट्यो भने १० को मूल्य स्थिर रह्यो ।